बालेन ‘क्याबिनेट’को अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

काठमाडौं ।  बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन्। रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो। रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।

वाग्लेले अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका छन्। वाग्लेसँग २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय वाग्ले २०७७ देखि २०७९ सम्म राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकारको समेत अनुभव छ।

वाग्लेले विश्वविख्यात हार्भड युनिर्भसिटी, अमेरिकाबाट अन्तर्राष्ट्रिय विकास र सार्वजनिक नीतिमा स्नाकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा स्नातक अध्ययन गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्